‘प्रहरी चौकीमा आक्रमणको प्रयास’ समाचारमा सत्यता छैनः प्रकाण्ड (विज्ञप्तिसहित)

काठमाडौं, जेठ २० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको बताएको छ । पार्टीका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्डले’ जारी गरेको विज्ञप्तिमा सोलुखुम्बुमा आफ्नो पार्टीले प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको भन्ने समाचारमा सत्यता नभएको दाबी गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सोलुखुम्बुमा हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण भएको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति हाम्रो ध्यानाकर्षण भएको छ । सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र त्यसप्रकारको कुनै घटना पनि नभएको स्पष्ट पार्न चाहन्छौँ ।’ पार्टीलाई दमन गर्न सरकारी षड्यन्त्र अनुरुप नै यस्ता खालका खबरहरु फैलाएको पनि उसको दावी छ ।

कमेन्ट गर्नुहोस्