विश्वकप २०१९ः जाे रुटले बनाए पहिलो शतक

काठमाडौं, जेठ २० । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध इंग्ल्याण्डका जो रुटले शतक बनाएका छन् । १ छक्का र ९ चौकाको मद्दतमा उनले ९७ बलमा शतक बनाएका हुन् । जारी विश्वकपमा शतक बनाउने रुट पहिलो ब्याट्सम्यान हुन् । 

पहिलो खेलमा दक्षिण अफ्रिकाबीच ५१ रन बनाएका रुटले आज १०७ रन बनाउँदै आउट भए । उनलाई पाकिस्तानका शादव खानले क्याच आउट गराए ।

कमेन्ट गर्नुहोस्