विश्वकप क्रिकेटः पाकिस्तानविरुद्ध बटलर–रुटको शतक

काठमाडौं, जेठ २० । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध इंग्ल्याण्डका जोस बटलरले पनि शतक बनाएका छन् । २ छक्का र ८ चौकाको मद्दतमा उनले ७५ बलमा शतक बनाएका हुन् । यसै खेलमा आज जो रुटले पनि शतक बनाए । उनले १० चौका र १ छक्काको सहयोगमा १०४ बलमा १०७ रन बनाएका थिए ।

पहिलो खेलमा वेस्ट इन्डिजसँग लज्जास्पद हार बेहोरेको पाकिस्तानले आज टस हारेर आज ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३४९ रन बनायो ।  उसका लागि मोहम्मद अफिजले ६२ बलमा ८४, बाबर आजमले ६६ बलमा ६३, कप्तान सरफराज अहमदले ४४ बलमा ५५, इमाम उल हकले ५८ बलमा ४४, फखर जमानले ४० बलमा ३६ र आशिफ अलिले ११ बलमा १४ रन बनाए ।

यस्तै, सोयव मलिकले ८, वहाब रियाजले ४, हसन अलि र सादव खानले नटआउट १०–१० रनको योगदान दिए । बलिङमा इंग्ल्याण्डका मोइन अलि, क्रिस ओक्सले ३–३, मार्क उडले २ विकेट लिए ।  

कमेन्ट गर्नुहोस्