विश्वकप क्रिकेटः कस्ता रेकर्ड बने इंग्ल्याण्ड र पाकिस्तानको खेलमा?

काठमाडौंः आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा मंगलबार पाकिस्तानले उपाधि दावेदार इंग्ल्याण्डलाई १४ रनले हरायो । पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध १०५ रनमै सेमटिएको पाकिस्तान सोमबार भने उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । उसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३४९ रनको पहाड खडा गर्यो । इंग्ल्याण्ड–पाकिस्तानको यो खेलमा थुप्रै रेकर्ड पनि बनेका छन् । कस्ता रेकर्ड बने? हेर्नुस्– 

१– जो रुट १२औं सिजनको विश्वकप क्रिकेटमा शतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् । उनले ९७ बलमा वान डे करियरका १५ शतक बनाउन सफल भए । सोमबार राति भएको खेलमा उनी १०७ रनमा आउट भएका थिए । 
२– इंग्ल्याण्ड विश्वकप क्रिकेटको इतिहासमा एकै खेलमा २–२ शतक बनाउने पहिलो टिम बन्यो । यो खेलमा जोस बटलर र जो रुटले शतक बनाएका थिए ।  


३– पाकिस्तानका तिव्र गतिका बलर वहाब रियाजले ७८७ दिनपछि एकदिवसीय क्रिकेटमा पहिलो विकेट लिएका छन् । इंग्ल्याण्डसँगको खेलमा १० ओभरमा ८२ रन दिएर ३ विकेट लिन सफल भए । 
४– विश्वकप क्रिकेटको इतिहासमा पहिलो पटक एकै खेलमा २ शतकका बाबजुत पनि टिम पराजित भयो ।  


५– लगातार ६ खेलमा ३०० बढी रन बनाउने सूचीमा इंग्ल्याण्ड र अष्ट्रेलिया बराबरीमा । सोमबार राति पाकिस्तानविरुद्ध इंग्ल्याण्डले ३३४ रन बनाएको थियो । 
६– पाकिस्तानले लगातार ६ वान डे म्याचको हारपछि इंग्ल्याण्डविरुद्ध जीत हासिल गर्न सफल भयो । यसअघि पाकिस्तान अष्ट्रेलिया, इंग्ल्याण्ड र वेस्ट इन्डिजसँग पराजित भएको थियो ।


७– इंग्ल्याण्डले पहिलो पटक बनायो एकै खेलमा दुई शतक । अहिलेसम्मको विश्वकपमा उसका दुई ब्याट्सम्यानले शतक बनाएका थिएनन् । 
८– जोस बटलर विश्वकपमा सर्बाधिक छिटो शतक बनाउने पहिलो खेलाडी । उनले ७५ बलमा पाकिस्तानविरुद्ध शतक पूरा गरेका थिए । 
९– सोमबारको यो खेलमा इंग्ल्याण्डका क्रिस बोक्सले ४ क्याच लिए । उनी इंग्ल्याण्डको टिमबाट ४ क्याच लिने पहिलो खेलाडी बनेका छन् । यस्तै, उनी विश्वकप इतिहासमा ४ क्याच समात्नेको सूचीमा चौथो स्थानमा छन् ।

कमेन्ट गर्नुहोस्