आधुनिक सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा ‘सधैं तिम्रो यादमा’ गीतको भिडियो सार्वजनिक भएको छ ।
जीवन खत्रीको शब्द तथा डिआर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज गीतमा रहेको छ ।
प्रेमील मनको भित्री व्याथालाई गीतमा समेटिएको छ । सुशिल डाँगीको छायाँकन , निरज केसीको सम्पादन तथा आयुष क्षेत्रीको भिडियोमा रहेको छ । शिल्पा पोखरेल, रोहित बावा, कुमार थापा, अनिता घिसिङ र सरु खत्रीको अभिनय भिडियोमा रहेको छ ।