‘इकोम मिस एसईई २०१९’को उपाधि हात पार्दै क्रिष्टिना

काठमाडौं, जेठ २१ । ‘इकोम मिस एसईई २०१९’ प्रदेश १को उपाधी झापा मेचीनगरकी क्रिष्टिना ताम्रकारले जितेकी छिन् ।

देश विकास हुन नसक्नुको कारक दक्षता अथवा आर्थिक अवस्था के हो ? भन्ने प्रश्नमा आफ्नो ठिक भनाई राख्दै उनले यसवर्षको उपाधि जितेकी हुन्। सोमबार बिर्तामोडमा भएको ग्राण्ड फिनालेमा फस्ट रनरअफ बिर्तामोडकी प्रिसा खरेल र सेकेण्ड रनरअप बिर्तामोडकै अनुमा राई बनेका छन् ।

बिजेताले क्रमशः ५० हजार, २० हजार र १५ हजार रुपैँयासहित कक्षा १२ सम्म अध्ययनका लागि छात्रबृत्ती पाएका छन् । ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टको आयोजनामा भएको प्रतियोगितामा प्रदेश नं. १ का ३४ प्रतियोगीको सहभागीता रहेको थियो । कार्यक्रमको मुख्य निर्णायकमा ‘मिस नेपाल अर्थ २०१८’ प्रिया सिग्देल रहेका थिए ।

कमेन्ट गर्नुहोस्