विश्वकप क्रिकेटः पहिलो जीतको खोजीमा श्रीलंका र अफगानिस्तान

काठमाडौंः इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज पूर्वविजेता श्रीलंका र अफगानिस्तान भिड्दै छन् । यी दुई टिमबीचको खेल कार्डिफस्थित सोफिया गार्डेनमा नेपाली समयअनुसार ३ः १५ बजेदेखि सुरु हुनेछ ।

दुवै टिमले आफ्नो पहिलो खेलमा हार ब्यहोरेका थिए । श्रीलंका न्यूजिल्यान्डसँग १० विकेटले पराजित हुँदा अफगानिस्तान अष्ट्रेलियासँग ७ विकेटले हार बेहोरेको थियो । आजको खेलमा दुवैै टिम जित हात पार्ने लक्ष्यमा छन् । 

श्रीलंकाको पूरा टिमः दिमुथ करुणारत्ने (कप्तान), धनन्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मलिंगा, एन्जेलो म्याथ्युज, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमने, इसुरु उडना र जेफ्रिय भन्डर्सी ।

अफगानिस्तानको पूरा टिमः गुलबन्दिन नाइब (कप्तान), अफतब आलम, अस्घर अफगान, दवालत जद्रान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नबी, मोहम्मद शाहजाद, मुजिब उर रहमान, नजिबुलाह जद्रान, नोर अली जद्रान, रहमत शाह, राशिद खान र समिउल्लाह शिनवारी ।

कमेन्ट गर्नुहोस्