मुख्यमन्त्री पौडेललाई भेट्न प्रधानमन्त्री ओली अस्पतालमा

मकवानपुर, जेठ २१ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको मुटुको शल्यक्रिया भएको छ ।
उनका प्रेस संयोजकका अनुसार मुख्यमन्त्री पौडेलको मुटुको शल्यक्रियापछि उनलाई अहिले आईसीयूमा राखिएको छ ।

अप्रेशन गरेर अस्पतालमा रहेका मुख्यमन्त्रीलाई भेट्नका लागि आएएका प्रधानमन्त्री ओलीले अप्रेशन सफल भएकाले आराम गर्नका लागि सुझाव दिएका छन् ।

उनको मुटुको सफल रुपमा एनजिओप्लाष्ट गरिएको छ । मुटुको नियमित परीक्षणका लागि काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुगेका मुख्यमन्त्री पौडेलको आइतबार एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीको टोलीले मुख्यमन्त्री पौडेलको उपचार गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । डा. अधिकारीका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ ।

मंगलबार मुख्यमन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, प्रदेश नम्बर ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले भेट गरेको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए ।

कमेन्ट गर्नुहोस्