सुदूरपश्चिम स्तरीय विद्यालय क्रिकेट लिग हुँदै

कञ्चनपुर, जेठ २१ । कञ्चनपुरको महेन्द्रनगरमा असार दोस्रो साताबाट सुदूरपश्चिम स्तरीय विद्यालय क्रिकेट लिग हुने भएको छ । स्टार प्रोडक्सनको आयोजनामा हुने प्रतियोगितामा कञ्चनपुर तथा कैलालीका ३२ विद्यालयको सहभागीता रहने ओयोजकले जनाएको छ । 

प्रतियोगितामा प्रथम हुने बिद्यालयलाई नगद ५५ हजारसहित ट्रफी प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी द्धितिय हुनेलाई नगद २५ हजारसहित ट्रफी प्रमाणपत्र प्रदान गरिने छ । 

साथै प्रतियोगिताको विभिन्न बिधामा उकृष्ट खेलाडीलाई साइकल, क्रिकेट ब्याट, जुत्ता, क्रिकेट झोला र साथै ट्रफी प्रमाणपत्र प्रदान गरिने प्रतीयोगिताका संयोजक रिया देउवाले जानकारी दिइन् । 

कमेन्ट गर्नुहोस्