विश्वकप क्रिकेटः अफगानिस्तानले टस जित्यो

काठमाडौं, जेठ २१ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाविरुद्ध अफगानिस्तानले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सोफिया कार्डेनमा सुरु हुँदैछ । 

दुवै टिमले आफ्नो पहिलो खेलमा हार ब्यहोरेका थिए । श्रीलंका न्यूजिल्यान्डसँग १० विकेटले पराजित हुँदा अफगानिस्तान अष्ट्रेलियासँग ७ विकेटले हार बेहोरेको थियो । आजको खेलमा दुवैै टिम जित हात पार्ने लक्ष्यमा छन् । 

कमेन्ट गर्नुहोस्