हैरान पार्ने मूल्यवृद्धि: ग्याँस ८५ प्रतिशत र प्याज ७८ प्रतिशतले महँगियो

काठमाडौँ, जेठ २१ । गत मेमहिनामा मात्रै प्याजको मूल्यमा ग्याँसको मूल्यमा ८५.३१ प्रतिशत र ७७.५२ प्रतिशतले वृद्धि भएको छ ।

यो समाचार पाकिस्तानको हो जहाँ गत मे महिनामा मात्रै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले समग्र महंगाई दर अगिल्लो महिनाको ८.८२ प्रतिशतको तुलनामा बढेर ९.११ प्रतिशत पुगेको छ ।

पाकिस्तानको तथ्यांक विभागले जारी गरेको सूचना अनुसार मे महिनामा मुद्रास्फीतिको औसत दर ७.१९ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा खाद्यपदार्थको मूल्यमा अत्यधिक वृद्धि भएको बताइएको छ । यस अवधिमा सर्वाधिक प्याजको मूल्यमा वृद्धि भएको बताइएको छ । त्यसका साथै तरबुजामा ५५.७३ प्रतिशत, गोलभेडामा ४६.११ प्रतिशतर चिनीमा २६.५३ प्रतिशत मूल्यवृद्धि भएको छ ।

यसको प्रमुख कारण पेट्रोलियम पदार्थमा भएको वृद्धिलाई बताइएको छ । समीक्षा अवधिमा खाना पकाउने ग्याँसमा ८५.३१ प्रतिशत र पेट्रोलमा लगभग २४ प्रतिशत मूल्यवृद्धि भएको थियो । यसको परिणामस्वरूप बसभाडामा पनि ५१.१६ प्रतिशत र बिजुलीमा ९ प्रतिशत मूल्यवृद्धि भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्