महाभूकम्प आउँछ भन्दै भ्रम फैलाउने ज्योतिषी पक्राउ

काठमाडौं, जेठ २१ । नेपालमा फेरि महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ज्योतिष पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।

उनले युट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।

कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्