श्रीलंकाविरुद्ध नबीको घातक बलिङ, एकै ओभरमा लिए ३ विकेट !

काठमाडौं, जेठ २१ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाविरुद्ध अफगानिस्तानका मोहम्मद नबीले घातक बलिङ गरेका छन् । उनले एकै ओभरमा श्रीलंकाका महत्वपूर्ण ३ ब्याट्सम्यानलाई आउट गरेका छन् । नबीले ७ ओभर बलिङ गर्दा ४ विकेट लिइसकेका छन् ।

उनले कप्तान दिमुस करुणारत्ने, एन्जेलो म्थाथ्युज, कुसल मेन्डिस र लाहिरु थिरिमनेको विकेट लिन सफल भएका हुन् । उत्कृष्ट सुरुवात गरेको श्रीलंकाले लगातार तीन विकेट गुमाएपछि भने रनको गतीमा सुस्तता ल्याएको छ ।

कमेन्ट गर्नुहोस्