रवि ओडको अर्को धमाकेदार गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, जेठ २१ । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको अर्को नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘दिलको फ्रेममा..’ बोलको नयाँ गीत आज सार्वजनिक भएको हो । यो गीतमा शब्द देवल भण्डारी, संगीत दिपक शर्मा, एरेन्ज आशिस शाक्यको रहेको छ ।

गीतमा रविसँगै पुष्पा पौडेलले आवाजमा साथ दिएकी छन् । ‘दिलको फ्रेममा..’ को भिडियोमा आँचल शर्मा र पुष्प खड्काले अभिनय गरेका छन् । केही महिना अघि मात्रै रविका ‘मिठो बोलीले’ र ‘२ कौडीको माया’ बोलको गीत सार्वजनिक भइसकेका छन् । आइडल घोषितपछि रवि अहिले निकै व्यस्त छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्