अफगानिस्तानको उत्कृष्ट बलिङ, २०१ रनमै समेटियो श्रीलंका

काठमाडौं, जेठ २१ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध श्रीलंका २०१ रनमै सेमेटिएको छ । उत्कृष्ट सुरुवात गरेको श्रीलंकाले २१ ओभरमा ३ विकेट गुमाएपछि २०१ रनमै समेटिएको हो ।

बर्षाका कारण ४१ ओभरमा झारिएको खेलमा टस हारेर ब्याटिङको मौका पाएको श्रीलंकाले ३६.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो ।

उसका लागि कसले मेन्डिसले सर्बाधिक ७८, कप्तान दिमुथु करुणारत्नले ३०, लाहिरु थिरिमिनेले २५, इशुरु उडानाले १० र सुरुगां लकमलले नटआउट १५ रन बनाउनु बोहेक अन्यले दोहोरो अंकसमेत रहन बनाउन सकेनन् ।

बलिङमा अफगानिस्तानका मोहम्मद नबीले ९ ओभरमा ३० रन दिएर ४ विकेट लिए । यस्तै, राशिद खान, दवाल्ट जार्दनले २–२ र हमिद हसनले एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्