विश्वकप क्रिकेटः अफगानिस्तानविरुद्ध श्रीलंका विजयी

काठमाडौं, जेठ २२ । इंग्ल्याण्डमा जारी आइसीसी एकविदसीय विश्वकप क्रिकेटमा श्रीलंकाले पहिलो जीत हासिल गरेको छ । मंगलबार राति अफगानिस्तानलाई ३४ रनले हराउँदै श्रीलंकाले जारी संस्करणमा पहिलो जीत हासिल गरेको हो । वर्षाकाकारण ४१ ओभरमा झारिएको खेलमा श्रीलंकाले ३६.५ ओभरमा सबै विकेट गुमाएर २०१ रन बनाएको थियो ।

१८७ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको अफगानिस्तानले ३२.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो । उसका लागि नजिबुल्लाह जर्दानले ४३, हजरतुल्लाह जजाइले ३०, कप्तान गुलबन्दिन नाइबले २३ र मोहम्मद नबिले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमासमेत रहन बनाउन सकेनन् ।

बलिङमा श्रीलंकाका नुवान प्रदीपले ४, लसिथ मलिंगाले ३, थिसरा परेरा र इसुरु उडानाले एकएक विकेट हात पारे । यसअघि, टस हारेर ब्याटिङको मौका पाएको श्रीलंकाले ३६.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो । 

उसका लागि कसले मेन्डिसले सर्बाधिक ७८, कप्तान दिमुथु करुणारत्नले ३०, लाहिरु थिरिमिनेले २५, इशुरु उडानाले १० र सुरुगां लकमलले नटआउट १५ रन बनाउनु बोहेक अन्यले दोहोरो अंकसमेत रहन बनाउन सकेनन् । बलिङमा अफगानिस्तानका मोहम्मद नबीले ९ ओभरमा ३० रन दिएर ४ विकेट लिए ।

यस्तै, राशिद खान, दवाल्ट जार्दनले २–२ र हमिद हसनले एक विकेट लिए । जारी विश्वकपमा अफगानिस्तानको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा अफगानिस्तान अष्ट्रेलियासँग पराजित भएको थियो । श्रीलंका पहिलो खेलमा न्यूजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो ।  

कमेन्ट गर्नुहोस्