नेकपा अध्यक्ष प्रचण्डद्वारा ईद उल–फित्रको शुभकामना

काठमाडौं, जेठ २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मुस्लिम समुदायको महान् चाड ईद उल—फित्रको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

एक शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले भनेका छन्, ‘यस चाडले नेपाली जनसमुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरी देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु । यस पर्वका अवसरमा सम्पूर्ण नेपाली मुस्लिम जनसमुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव रहेको बताएका छन् । ईद उल–फित्र चाडले नेपाली समाज बहुभाषिक, बहुसांस्कृतिक, अनेक धर्मसँगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितिमा विश्वास गर्छ भन्ने कुराको पनि सन्देश दिएको अध्यक्ष प्रचण्डले बताएका छन् ।

कमेन्ट गर्नुहोस्