विनोदको विस्फोटक ब्याटिङ, पारसको टिमले पायो ३१० रनको लक्ष्य

काठमाडौं, जेठ २२ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश तीनलाई ३१० रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३०९ रन बनायो ।

उसका लागि कप्तान विनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गरे । उनले ५ छक्का र ५ चौकाको मद्दमा ४२ बलमा नट आउट ७५ रन बनाए । यस्तै, ओपनर राजु रिजालले ५१, हरि चौहानले ३८, रोहितकुमार पौडेलले ४३, राजेश पुलामी मगरले २९, करण केसीले २१ र कुसल मल्लले नटआउट २६ रनको योगदान दिए ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

बलिङमा प्रदेश ३ का जितेन्द्र ठकुरी, नन्दन यादवले २–२, कप्तान पारस खड्का र सोनु देवकोटाले एक–एक विकेट लिए ।  आजको विजेताले फाइनलमा नेपाल पुलिस र एपीएफ क्लबबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताको विजेताले २० लाख र उप–विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल पाउने छन् । 

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

कमेन्ट गर्नुहोस्