विश्व वातावरण दिवसको अवसरमा बजार सरसफाई

धनगढी, जेठ २२ । विश्व वातावरण दिवसको अवसरमा २०६७ को अवसरमा बुधवार धनगढी बजारमा सरसफाई गरिएको छ ।

धनगढी उप–महानगरपालिकाको सहयोग र यूवा शान्ति परिषद नेपालको आयोजनामा बजारको कैलाली नालादेखि जिल्ला प्रहरी कार्यालय कैलालीसम्मको बजार क्षेत्रमा सरसफाई गरिएको हो । त्यसैगरी धनगढी उप–महानगरपालिकाको समन्वयमा वन तथा वातावरण विभागले नेपाल स्वच्छ वातावरण महाअभियान अन्तरगत सरसफाई कार्यक्रममा सहभागिता जनाएको थियो ।

सोही क्रममा वन तथा वातावरण बिभागले धनगढी उप–महानगरपालिकालाई ३ सय डस्टविन हस्तान्तरण समेत गरेको थियो । लेडिज जेसिस धनगढीले बिश्व वातावरण दिवशको अवसर पारेर बुधवार नै धनगढी उप–महानगरपालिका क्षेत्रका पर्खालहरुमा हरियो रंग लगाउने अभियानको सुरुवात गरेको छ ।

उक्त अभियानको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशिला मिश्र भट्टले संयुक्त रुपमा उद्घाटन गरेका थिए । धनगढी उप–महानगरपालिकाले ग्रीन क्लीन धनगढी अभियान अन्तरगत नगरका भवनहरुमा हरियो रंग लगाउने कार्यलाई अगाडी बढाएको छ । धनगढी उप–महानगरपालिका एक्लैले चाहेर मात्रै नगरको सरसफाई पूर्ण हुन सक्दैन नगरप्रमुख नृपबहादुर वडले भने,त्यसका लागि सबै क्षेत्रको हालेमालो आवश्यक छ ।

धनगढी उप–महानगरपालिकाले घरभित्रको फोहर बटुलेर नालीमा फाल्नेलाई कार्वाहीको दायरामा ल्याउने पनि नगरप्रमुख वडले बताए । सरसफाई कार्यक्रममा उद्योग बाणिज्य संघ कैलाली, नेपाल प्रहरी, शसस्त्र प्रहरी, जिल्ला रेडक्रम सोसाईटी कैलाली, जिल्लाका सरकारी तथा गैरसरकारी संघसंस्थाको समेत सहभागिता रहेको थियो । विश्व वातावरण दिवशकै अवसर पारेर डिभिजन बन कार्यालय कैलालीको आयोजनामा बृक्ष रोपण गरिएको छ ।

सव डिभिजन बन कार्यालय तारानगर धनगढीको परिसरमा बृक्षा रोपण गरिएको हो । वृक्षारोपण कार्यक्रममा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशी लगायतका ब्यक्तिहरुको उपस्थीति रहेको थियो ।

कमेन्ट गर्नुहोस्