विश्वकप क्रिकेटः भारतविरुद्ध दक्षिण अफ्रिकाले टस जित्यो

काठमाडौंः इंग्ल्याण्डमा जारी आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि शुरु हुँदैछ । आज टिममा को–कोले पाए मौका? हेर्नुस्


पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको दक्षिण अफ्रिका निकै संकटमा देखिएको छ । आजको खेलमा पनि दक्षिण अफ्रिका पराजित भएमा उसको विश्वकप यात्रा निकै कठिन हुनेछ । 

यता, भारत भने आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्न चाहन्छ । कमजोर देखिएको दक्षिण अफ्रिकाविरुद्ध स्पष्ट जित हात पार्दै  सुखद् सुरुवात गर्ने लक्ष्यमा भारत छ । तर भारतलाई पराजित गर्दै पहिलो जित हात पार्ने दाउँमा दक्षिण अफ्रिका छ ।

कमेन्ट गर्नुहोस्