काँग्रेसको जागरण सभामा सहभागी हुन अपिल

दाङ, जेठ २२ । नेपाली काँग्रेसको बृहत् जनजागरण अभियान अन्तर्गत जेठ २५ गते घोराहीमा आयोजना हुने जगरण सभामा उपस्थित हुन नेता तथा कार्यकर्ता एवं आम न्यायप्रेमी जनसमुदायलाइ आग्रह गरेको छ ।

नेपाली काँग्रेस त्रिपुर नगर समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गर्दै बर्तमान परिस्थितिमा काँग्रेसको जागरण अभियान उचित समयमा भएको भन्दै त्रिपुर नगरसमितिका सभापति दिपक पाण्डेले उक्त शभामा सहभागिताका लागि आह्वान गरेका हुन् । नेपाली काँग्रेस त्रिपुर नगरसमितिका सभापति दिपक पाण्डेको सभाअध्यक्षता एव) महाधिवेशन प्रतिनिधी÷महासमिति सदस्य टेक बहादुर डाँगिको प्रमुख आतिथ्यमा सम्पन्न कार्यसमितिको बैठकले त्रिपुर क्षेत्रबाट २५ गतेको र्याली ता शभामा बृहत् उपस्थिति जनाउने निर्णय समेत गरेको छ ।

बैठकले नियम बिपरित उपभोक्ताबाट सम्पन्न गर्नुपर्नैकाम ठेकेदार मार्फत गराउने गरेको, आफ्ना कार्यकर्ताहरु पोष्नका लागि फिलिङ्गको काम उपभोक्ताबाट र पिचको काम ठेकेदारबाट गराउने गरेकोतर्फ गम्भीर ध्यानाकर्षण भएको निर्णय गर्दै उपमहानगरपालिका लाई सचेत गराउने निर्णय समेत गरेको छ । यस्तै बैठकले घोराही उपमहानगरपालिका वडा नं १० निवासी प्रजातन्त्र सेनानी कृष्ण कुमार आचार्य (८९), वडा नं ११ का सक्रिय सदस्य कुईरा थारु (७३), वडा नं १२ पेदाका कृयासील सदस्य नारायण पोख्रे, (३६) र वडा नं १० चारबयिया निबासी शिक्षक संघ सल्यानका सदस्य महेश न्यौपानेको ममतामयी आमा युगमाया न्यौपाने (७८) को असामयीक निधन प्रति हार्दिक श्रद्धान्जली समेत दिएको छ ।

बैठकले मृतकको सायुज्य मुक्तिको कामना गर्दै शोकाकुल परिवार जनहरुप्रति गहिरो समवेदना समेत प्रकट गरेको छ । बैठकमा जिल्ला सदस्य त्रय बालिका लम्साल, कमल बहादुर वलि र निर्मल न्यौपाने ले बोल्नुभएो थियो ।

कमेन्ट गर्नुहोस्