अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा रुसी विमानद्वारा अमेरिकी विमानलाई अवरोध

जेठ २२ । रुसी विमानले अमेरिकी विमानलाई अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा अवरोध गरेको छ।

भूमध्ये समुन्द्री क्षेत्रमा मंगलबार ३ घन्टाको समयमा रुसी विमानले अमेरिकी विमानलाई तीनपटक अवरोध गरेको अमेरिकी नौसेना सम्बन्धी जानकारी दिने संस्था सिक्स्थ फ्लिटले जनाएको छ । सिक्स्थ फ्लिटले एक वक्तव्य जारी गर्दै भनेको छ, ‘जुन ४, २०१९ मा भूमध्ये समुन्द्रको आकाशमा उडिरहेको अमेरिकाको पी–८ ए पोसेडोन विमानलाई रुसको एस यू–३५ विमानले १७५ मिनेटको समयमा ३ पटक अवरोध गर्यो ।’

रुसको विमान निकै तीव्र गतिमा भएको र त्यसले अमेरिकी विमान दुर्घटनाको खतरा बढाएको बताइएको छ । वक्तव्यमा भनिएको छ,‘हामीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विमान उडाएका थियौं। हामीलाई यद्यपी रुसको गतिविधिले उत्तेजित गरेन।’

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विमान उडाउन पाउनु अधिकार भएता पनि खतरा उत्पन्न हुनेगरी विमान उडाउनु गैर जिम्मेवारपूर्ण गतिविधि भएको सिक्स्थ फ्लिटले जनाएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्