प्रधानमन्त्री कपः पारसको टिमलाई ११७ रनले हराउँदै आर्मी फाइनलमा

काठमाडौं, जेठ २२ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश ३ लाई ११७ रनले हराउँदै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको छ । ३१० रनको विशाल लक्ष्यका साथ मैदान जवाफी ब्याटिङमा आएको पारस खड्का नेतृत्वको प्रदेश ३ ले निर्धारित ५० ओभरमा सम्पूर्ण ९ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो । 

उसका लागि इशान पाण्डेले ७९, ज्ञानेन्द्र मल्लले २६, पारस खड्काले १९, आदिल खानले १५ र नन्दन यादवले नट आउट १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा आर्मीका शाहव आलमले ३, करण केसीले २, रोहित पौडेल, कुसल मल्ल र सुशन भारीले एकएक विकेट लिए । 

आर्मीले अब फाइनलमा नेपाल पुलिस र एपीएफ क्लबबीचको विजेतासँग भिड्ने छ । प्रतियोगिताको उपाधि जित्नले २० लाख र उपविजेताले १० लाख रुपैयाँ पाउने छ ।  

कमेन्ट गर्नुहोस्