बंगलादेशविरुद्ध न्यूजिल्याण्डले टस जित्यो, हेर्नुस् प्लेइङ ११

काठमाडौंः इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेश विरुद्धको खेलमा न्यूजिल्याण्डले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजेदेखि लण्डनमा शुरु हुँदैछ । आज टिममा को–कोले मौका पाए? हेर्नुस्-

यी दुवै टिमले पहिलो खेलमा जीत हात पारेका छन् । न्यूजिल्यान्डले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १० विकेटले हराएको थियो । बंगलादेशले  पहिलो खेलमा बलियो टिम दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको थियो । आफ्नो पहिलो खेलमै ठूलो टिमलाई पराजित गरेको बंगलादेश आजको खेलमा न्युजिल्यान्डविरुद्ध उच्च मनोबलको साथमा मैदानमा उत्रिँदैछ ।

कमेन्ट गर्नुहोस्