विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाद्वारा भारतलाई २२८ रनको लक्ष्य

काठमाडौं, जेठ २२ । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पूर्वविश्व विजेता भारतलाई २२८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको द. अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २२७ रन बनायो ।

उसका लागि क्रिस मोरिसले सर्बाधिक ४२, कप्तान फाफ डुप्लेसिसले ३८, डेभिड मिलरले ३१, रस्सी भान डर ड्युसनले २२, एन्डीले फेहलक्वायोले ३४, क्विन्टन डि ककले १०, हसिम अमलाले ६, जेपी ड्युमिनीले ३ र कागिसो रबाडाले नट आउट ३१ रन बनाए ।

बलिङमा भारतका युजवेन्द्र चहलले ४, जसप्रित बुमराह, भुवनेश्वर कुमारले २–२ र कुलदीप यादवले एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्