विश्वकप क्रिकेटः भारतले गुमायो सस्तैमा पहिलो विकेट

काठमाडौं, जेठ २२ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले दिएको २२८ रनको लक्ष्य पछ्याउने क्रममा भारतले पहिलो विकेट गुमाएको छ ।

उसले पहिलो विकेटका रुपमा ५.१ ओभरमा १३ रन बनाउँदा ओपनर शिखर धवनलाई ८ रनमा गुमाएको हो । उनलाई कागिसो रबाडाले आउट गर्न सफल भए । यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २२७ रन बनायो ।

उसका लागि क्रिस मोरिसले सर्बाधिक ४२, कप्तान फाफ डुप्लेसिसले ३८, डेभिड मिलरले ३१, रस्सी भान डर ड्युसनले २२, एन्डीले फेहलक्वायोले ३४, क्विन्टन डि ककले १०, हसिम अमलाले ६, जेपी ड्युमिनीले ३ र कागिसो रबाडाले नट आउट ३१ रन बनाए । बलिङमा भारतका युजवेन्द्र चहलले ४, जसप्रित बुमराह, भुवनेश्वर कुमारले २–२ र कुलदीप यादवले एक विकेट लिए । 

कमेन्ट गर्नुहोस्