विश्वकप क्रिकेटः बंगलादेशद्वारा न्यूजिल्याण्डलाई २४५ रनको लक्ष्य

काठमाडौं, जेठ २२ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले न्यूजिल्याडलाई २४५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको बंगलादेशले निर्धारित ४९.२ ओभरमा सबै विकेट गुमाएर २४४ रन बनायो ।

उसका लागि शकिव अलस हसनले ६४, मोहम्मद मिथुनले २६, मोहम्मद सैफउद्दिनले २९, सौम्य सरकारले २५, तमिम इग्बालले २४, महुमदुल्लाहले १९, मुस्फिकुर रहीमले १९, मोसद्दिक होइसिनले ११, मेहदी हसन मिराजले ८ र कप्तान मोसरुफे मुर्तुजाले १ रन बनाए । बलिङमा न्यूजिल्याण्डका म्याट हेनरीले ४, ट्रेन्ट बोल्टले २, लकि फग्र्युसन, मिचेल सान्टनर र कोलिन डि ग्राण्डहोमले एकएक विकेट लिए ।

कमेन्ट गर्नुहोस्