विश्वकप क्रिकेटः भारतको विजयी सुरुवात, दक्षिण अफ्रिकाको लगातार तेस्रो हार

काठमाडौं, जेठ २३ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । दक्षिण अफ्रिकालाई ४ विकेटले हराउँदै भारतले विजयी सुरुवात गरेको हो । द. अफ्रिकाले दिएको २२८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको भारतले ४७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । उसका लागि ओपनर रोहित शर्माले शतक बनाए । उनी २ छक्का र १२ चौकाको मद्दतमा १४४ बलमा ११२ रनमा अविजीत रहे ।

याे पनि पढ्नुस  नेपाल भर्सेस अफगानिस्तानः नेपाललाई बलिङको मौका [LIVE]

यस्तै महेन्द्रसिंह धोनीले ३४, केएल राहुलले २६, विराट कोहलीले १८, शिखर धवनले ८ र हार्दिक पाण्ड्याले नट आउट १५ रनको योगदान दिए । बलिङमा दक्षिण अफ्रिकाका कागिसो रबाडाले २, क्रिस मोरिस र एन्डिले फेहलक्वायोले एकएक विकेट हात पारे । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२७ रन बनायो ।

याे पनि पढ्नुस  राष्ट्रपतिको बाटो छेकेर एम्बुलेन्सका लागि बाटो खुलाउने ट्राफिक पुरस्कृत

उसका लागि क्रिस मोरिसले सर्बाधिक ४२, कप्तान फाफ डुप्लेसिसले ३८, डेभिड मिलरले ३१, रस्सी भान डर ड्युसनले २२, एन्डीले फेहलक्वायोले ३४, क्विन्टन डि ककले १०, हसिम अमलाले ६, जेपी ड्युमिनीले ३ र कागिसो रबाडाले नट आउट ३१ रन बनाए । बलिङमा भारतका युजवेन्द्र चहलले ४, जसप्रित बुमराह, भुवनेश्वर कुमारले २–२ र कुलदीप यादवले एक विकेट लिए । लगातार तेस्रो हारले दक्षिण अफ्रिकाको आगामी यात्रा निकै कठिन भएको छ । अफ्रिका पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको थियो ।  

याे पनि पढ्नुस  भारतका १० राज्यमा आगजनी र तोडफोड, ८ जनाकाे मृत्यु दर्जनौं घाइते, ३ राज्यमा कर्फ्यु

कमेन्ट गर्नुहोस्