पीएम कपः पुलिसको घातक बलिङ, ४० रनमै समेटियो एपीएफ

काठमाडौं, जेठ २३ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ४२ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुर स्थित टीयु मैदानमा टस हारेर ब्याटिङको मौका पाएको एपीएफले २२‍.१ ओभरमा ४१ रन बनाएर अल आउट भयो । उसका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफका लागि शरद भेषवाकर, पृथु बाँस्कोटाले ७–७, आशिफ शेख, प्रदीप ऐरी, दिपेन्द्र रावत, सुमित महर्जनले २–२, सन्दीप जोराले ५, कमलसिंह ऐरीले १, अविनाश बोहराले ३ र अमरसिंह रौटेला ६ रनमा नट आउट रहे । बलिङमा पुलिसका ललित नारायण राजवंशीले ४, सागर ढकाल र कुसल भुर्तेलले ३–३ विकेट लिए ।

कमेन्ट गर्नुहोस्