पाँचथरको फिदिम बजारमा भीषण आगलागी

पाँचथर, जेठ २३ । पाँचथर सदरमुकाम फिदिम बजारमा आगलागी भएको छ । आगलागी हुँदा २ वटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । आगलागीबाट संगीत रानामगरको दुई तले घर र नजीकै रहेको कर्णकुमार थापामगरको घर नष्ट भएको हो ।

फिदिम नगरपालिकाको दमकल नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको लामो प्रयासपछि आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। आगलागीबाट नजीकै रहेको एक गेस्टहाउसको छतमा पनि क्षति पुगेको छ। आगलागीको कारण र क्षतिबारे खुल्‍न बाँकी रहेको प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्