ट्रम्पले भारतलाई भने, ‘फोहोरी देश’

काठमाडौँ, जेठ २३ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतलाई फोहरी देश भनेका छन् । ब्रिटिश च्यानल आईटीवीलाई दिइएको एउटा राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनको मुद्दामा भारत, चीन र रुस जस्ता देशहरू जिम्मेवार रहेको भन्दै उनीहरूको आलोचना गरेका हुन् ।

उनले भनेका छन्, “भारत, रुस र चीन जस्ता देशहरूमा सास फेर्न राम्रो हावा र पिउन राम्रो पानीसम्म छैन । यी देशहरू विश्वको पर्यावरणप्रति न आफ्नो जिम्मेवारी निर्वाह गर्छन न यिनीहरूलाई आफ्नो जिम्मेवारीको आभाष नै छ । यी देशहरूमा प्रदूषण र सफाईबारे कुनै दृष्टिकोण नै छैन ।”

याे पनि पढ्नुस  Trump Fires national security adviser John Bolton

ट्रम्पले अमेरिका संसारकै स्वच्छ देशहरूमा एक रहेको भन्दै भने,”तथ्यहरूले यस कुराको पुष्टि गर्छ । हाम्रो अवस्थामा दिनानुदिन सुधार आउंदै गैरहेको छ । जबकि भारत, चीन र रुस जस्ता देशहरूलाई स्वच्छता र प्रदूषणबारे ज्ञान नै छैन ।”

ट्रम्पले भने, भारत समेत कतिपय देशहरूमा हावाको गुणस्तर त राम्रो छैन नै त्यहाँको पानि समेत सफा छैन । तपाईं केही सहरहरूमा जानु भयो भने, मा ती सहरहरूको नाम त लिन चाहन्न र म भन्न सक्छु ती सहरहरूमा सास फेर्न समेत निकै गाह्रो रहेको छ ।” एजेन्सी

याे पनि पढ्नुस  Trump Fires national security adviser John Bolton

कमेन्ट गर्नुहोस्