हाम्रा लागि समायोजन सकिएको छैनः आधिकारिक ट्रेड युनियन


काठमाडौं, जेठ २३ । निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले साना कर्मचारीलाई प्रलोभनमा पार्ने तत्वहरुलाई कार्वाही गर्नुपर्ने माग गरेको छ । हालै सम्पन्न तेस्रो राष्ट्रिय भेलाको निष्कर्श तथा समसामयिक विषयमा धारणा सार्वजनिक गर्ने क्रममा संगठनले यस्तो माग गरेको हो ।

राजधानीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा भेलामा उठेका विषयवस्तुबारे प्रकाश पार्दै युनियनका उपाध्यक्ष भोलानाथ पोखरेलले साना कर्मचारीलाई प्रलोभनमा पार्ने तत्वलाईसमेत कार्वाही गर्नुपर्ने बताए ।

पोखरेलले सरकारले कर्मचारी समायोजनका क्रममा यूनियनको सल्लाह तथा सुझावलाई वेवास्ता गरिएको कारण अहिले समस्या आएको आरोप लगाए । ‘हामीले प्रदेश र स्थानीय तहमा निजामति कानुन र लोकसेवा गठनसँगै समायोजन अघि बढाउन सुझाव दियौं ।’ उनले भने, ‘तर सरकारले यसलाई समायोजन रोक्ने प्रयासका रुपमा बुझ्यो । अहिले त्यहि नै समस्याका रुपमा देखिएको छ ।’

पोखरेलले आधिकारिक ट्रेड युनियनले सरकारको अभियानमा सहयोग पुर्याउने नीति लिएको भएपनि सरकारले अझै पनि कर्मचारिका समस्या सम्बोधन गर्न नसकेको बताए ।

सञ्चयकोष, निजामति अस्पताल लगायतका निकायमा आधिकारिक ट्रेड युनियन स्थापना गरि सेवाग्राहिमुखि सेवा प्रदान गर्नुपर्ने धारणाा व्यक्त गरे । कार्यक्रममा संगठनका केन्द्रीय सचिव अम्बादत्त भट्टले निजामति कर्मचारी ऐनका बारेमा भेलाले पारित गरेका ४० बुँदे सुझाव प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्