अस्ट्रेलिया संकटमा; साइ होपले लिए अस्ट्रेलियन ब्याट्सम्यानको सातो

काठमाडौँ, जेठ २३ । विश्वकपको दशौँ खेलमा अस्ट्रेलियालाई आठौँ ओभरमै चौथो झड्का लागेको छ । चौथो विकेटको रूपमा म्याक्सवेल खाता नखोलेरै आउट भए । उनलाई शेल्डोन कोर्टेलको बलमा साइ होपले क्याच गरे ।

आजको खेलमा यो होपको तेस्रो क्याच हो । यस अघि उनले एन्ड्रयु रसेलले गरेको बलमा उस्मान ख्वाजालाई र पहिलो विकेटको रूपमा आरोन फिंच (६) लाई ओसेन थोमसको बलमा क्याच गरेका थिए ।

याे पनि पढ्नुस  विश्वकप क्रिकेटः वेस्ट इन्डिजले टस जित्यो, टिममा को–कोले पाए मौका?

टस जितेर बलिङ रोजेको वेस्टइन्डिजलाई तेस्रो ओभरको दोस्रो बलमै पहिलो सफलता प्राप्त भयो निकै राम्रो ब्याटिङको योजनामा रहेको जस्तो लागेको अस्ट्रेलियालाई चौथो ओभरको अन्तिम बलमा अर्को झड्का लाग्यो । डेभिड वार्नर (३रन) लाई शेल्डोन कोर्टेलले शिमरोन हेट्मायारबाट क्याच गराए ।

कमेन्ट गर्नुहोस्