वेस्ट इन्डिजको घातक बलिङ, अष्ट्रेलियाले सस्तैमा गुमायो ४ विकेट

काठमाडौं, जेठ २३ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिज विरुद्धको खेलमा अष्ट्रेलियाले खराब प्रदर्शन गरेको छ । उसले १० ओभर नसकिँदै महत्वपूर्ण ४ विकेट गुमाइसकेको छ ।

अष्ट्रेलियाले १० ओभरको खेल सकिदा कप्तान आरोन फिन्च (६), डेभिड वार्नर (३), उश्मान ख्वाजा (१३) र ग्लेन म्याक्सवेल (०) लाई गुमाइसकेको हो । बलिङमा सिल्डोन कोट्रेलले २, आन्द्रे रसेल र
ओसने थोमसले एक–एक विकेट लिए । आज अष्ट्रेलियाले टस हारेर ब्याटिङको मौका पाएको छ ।

कमेन्ट गर्नुहोस्