विश्वकप क्रिकेटः संकटकाबीच स्मिथको अर्धशतक पूरा

काठमाडौं, जेठ २३ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध अष्ट्रेलियाका स्टिभ स्थिमले अर्धशतक पूरा गरेका छन् । लगातार विकेट पतन भइरहेको बेला उनले ५ चौकाको मद्दतमा ७७ बलमा अर्धशतक पूरा गरेका हुन् । अष्ट्रेलियाले आज खराब सुरुवात गर्यो ।

उसले ९ ओभर नसकिँदै महत्वपूर्ण ४ विकेट गुमायो । अष्ट्रेलियाले कप्तान आरोन फिन्च (६), डेभिड वार्नर (३), उश्मान ख्वाजा (१३), मार्कस स्टोइनिस (१९) र ग्लेन म्याक्सवेल (०) लाई सस्तैमा गुमायो । अष्ट्रेलियाका लागि छैटौं नम्बर ब्याटिङ गर्न आएका एलेक्स केरीले ५५ बलमा ४५ बल बनाएर ओपनर स्टिभ स्मिथलाई साथ दिए ।

यो समाचार तयार पार्दासम्म बलिङमा वेस्ट इन्डिजका सिल्डोन कोट्रेल, आन्द्रे रसेलले २–२, ओसेन थोमस र जसन होल्डरले एकएक विकेट लिइसकेका छन् । आज अष्टे«लियाले टस हारेर ब्याटिङ गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्