नाथन र स्टिभ चम्किँदा अष्ट्रेलियाद्वारा वेस्ट इन्डिजलाई मध्यम लक्ष्य

काठमाडौं, जेठ २३ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई २८९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २८८ रन बनायो ।

उसका लागि नाथन कुल्टर–नाइलले शानदार प्रदर्शन गरे । उनले ४ छक्का र ८ चौकाको मद्दतमा ६० बलमा ९२ रन बनाए । यस्तै, स्टिभ स्मिथले ७३, एलेक्स केरीले ४५, कप्तान आरोन फिन्चले ६, डेभिड वार्नरले ३, उश्मान ख्वाजाले १३, मार्कस स्टोइनिसले १९, मिचेल स्टार्कले ८ र प्याट कमिन्सले २ रन बनाए ।

बलिङमा वेस्ट इन्डिजका कार्लोस ब्रेथवेटले ३, सिल्डोन कोट्रेल, आन्द्रे रसेल, ओसेन थोमसले २–२ र जोसन होल्डरले एक विकेट हात पारे । केही बेरमा वेस्ट इन्डिजले जवाफी ब्याटिङ गर्नेछ ।

कमेन्ट गर्नुहोस्