विश्वकप अपडेट: सम्मानजनक स्कोरतर्फ अस्ट्रेलिया, पतन भयो सातौं विकेट

अस्ट्रेलियाको सातौं विकेट पतन भएको छ । उत्कृष्ट ब्याटिङ गरिराखेका स्टेभेन स्मिथ आउट भएका छन् ।

उनलाई ओसेन थोमसको बलमा कोर्टेलले बाउन्ड्री लाइनमा क्याच गरे । स्मिथले ७३ रन बनाए ।

सुरुवाती ओभरहरूमा वेस्टइन्डिजको धारिलो बलिङ आक्रमणबाट तहसनहस भएको अस्ट्रेलिया सम्मानजनक स्कोरतर्फ बढिराखेको छ ।

एक समय अस्ट्रेलियाले ३८ रनको स्कोरमै ४ विकेट गुमाइसकेको थियो । तर चौथो विकेटका लागि आएका स्टेभेन स्मिथले क्रिजको एक कुना सम्हालेर राखे र उनले धैर्यतापूर्वक आफ्नो अर्धशतक पूरा गरे ।

७९ रनमा पाँच विकेट गुमाइसकेको अस्ट्रेलियाका लागि छैठौं विकेटका लागि स्मिथ र एलेक्स क्यारीको महत्वपूर्ण साझेदारीले प्राण फुक्ने काम गर्यो । ती दुईले ६८ रनको महत्वपूर्ण साझेदारी गरे ।

समाचार तयार हुँदासम्म अस्ट्रेलियाले २५२ रन बनाइसकेको पाँच र अझै छ ओभरको खेल बाँकी रहेको छ ।

अहिले स्मिथ ६८ रनमा खेलिरहेका छन् भने नाथन कोल्टर नाइलले ४८ बलमा ६६ रन बनाइसकेका छन् ।

स्मिथ र नाथनबीच सय रनको साझेदारी भएको थियो ।

कमेन्ट गर्नुहोस्