मलेसियामा कलाकार र आयोजकसहित २६ नेपाली पक्राउ

मलेसिया, जेठ २३ । मलेसियाको अध्यागमन बिभागले २६ नेपालीलाई क्वालालम्पुरबाट पक्राउ गरेको छ । एस.एस.ओ.जी ग्रुपद्वारा आयोजित नेपाली सांगितीक कार्यक्रममा अध्यागमनले छापा मार्दा कलाकार, आयोजक र पत्रकारसहित बिहीबार २६ जना नेपाली पक्राउ परेका स्रोतले जानकारी दिएको छ ।

मुस्लिम समुदायहरुको विशेष पर्व हरिरायाको अवसरमा एस.एस.ओ.जी नामक अनलाइन सेमुल प्रयोगकर्ताहरुको प्रमुख आयोजनामा क्वालालम्पुरको कोतराया कम्प्लेक्समा उक्त साङ्गितिक कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा नेपालबाट आमन्त्रीत रास्ट्रीय कलाकार सुजन आङदाम्बे, श्रेया राई, सुनिता थेगिम रहेका थिए। कार्यक्रममा सहभागी दर्शक आयोजक र कलाकारसहित २६ जनालाई अध्यागमनले नियन्त्रणमा लिएको नेपाल आदिबासी जनजाती पत्रकार महासंघ शाखा मलेशियाका अध्यक्ष सुनाखरी मगरले जानकारी दिए ।

कार्यक्रमका लागि नेपालबाट कलाकार ल्याउँदा कानुनी प्रक्रिया पूरा नभएको कारण पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ।

कमेन्ट गर्नुहोस्