प्रेमिकालाई उपहार दिन विश्वकै धनी बेजोसले किने नयाँ घर

काठमाडौं । विश्वकै धनी जेफ बेजोसले अमेरिकाको न्यूयोर्क सहरमा नयाँ घर खरिद गरेका छन् । उनले आफ्नो प्रेमिका लारेन सान्चेजका लागि नयाँ घर खरिद गरेका हुन् । उनले केही महिनाअघि पूर्व श्रीमती मैकिन्जी बेजोससँग सम्बन्ध बिच्छेद गरेका थिए ।

अमेजन कम्पनीका संस्थापक बेजोसले नयाँ घर ८ करोड डलरमा खरिद गरेका हुन् । उनले पहिले कम्पनीका लागि दोस्रो हेडक्वार्टर खरिद गर्ने योजना बनाएका थिए । पछि सो योजना रद्द गरी विभिन्न सहरमा घर खरिद गर्न खोजी गर्दै आएका थिए । बेजोसले खरिद गरेको नयाँ घर १७ हजार वर्गफिटमा फैलिएको छ । यस घरमा १२ वटा बेडरुम रहेको छ । घरमा विभिन्न सेवा सुविधा रहेको समाचारमा जनाइएको छ ।

बेजोसले पूर्व पत्नीसँग सम्बन्ध बिच्छेद गरी आफ्नो सम्पतीको केही अंश दिएका थिए । सम्बन्ध बिच्छेदपछि बेजोसको सम्पतीमा कमी आए पनि सय अर्ब (एक खर्ब) अमेरिकी डलरसहित विश्वकै सबैभन्दा धनी व्यक्तिका रुपमा रहेका छन् । नयाँ पत्रिका दैनिकबाट

कमेन्ट गर्नुहोस्