कैलालीमा भीषण हावाहुरी, ठूलो नोक्सानी

धनगढी, जेठ २३ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा आज साँझ आएको हावाहुरीले ठूलो नोक्सानी पुर्याएको छ । प्रहरीका अनुसार हावाहुरीले रुख ढलेको, घरका छत उडाएको तथा विजुलीको पोल ढलेका छन् ।

विजुलीका पोल ढल्दा केही ठाउँमा विद्युत सेवासमेत अवरुद्ध बनेको छ । हावाहुरीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ । आधी घण्टा भन्दा बढी समय हुरीबतास चलेको प्रहरीले जनाएको छ । हुरीबाट भएको क्षतिबारे जानकारी लिन प्रहरीको टोली घटना स्थलमा खटिएको छ ।

कमेन्ट गर्नुहोस्