Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पाकिस्तानमा जन्मेका इमरानले किन खेले दक्षिण अफ्रिकाका लागि क्रिकेट?

काठमाडौं । विश्वकप–२०१९ का क्रममा चर्चामा रहेका खेलाडी हुन्– दक्षिण अफ्रिकी स्पिनर इमरान ताहिर ।

आइपीएलसँगै अन्य फ्रेन्चाइज क्रिकेटमा खुबै माग हुने यी खेलाडी खासमा पाकिस्तानमा जन्मिएका हुन् ।

तर, उनले क्रिकेट खेले दक्षिण अफ्रिकाका लागि । विश्वकपकै बेला धेरैले यसको कारण खोज्ने प्रयास गरेका छन् र यसको उत्तर हो– उनको प्रेम कथा ।

उनले उमेर समूहको क्रिकेट पाकिस्तानकै लागि खेले । पाकिस्तानकै प्रतिनिधित्व गरेर यू–१९ विश्वकप खेल्ने ताहिर सन् १९९८ मा दक्षिण अफ्रिका पुगे ।

यही क्रममा उनी भारतीय मूलकी यवती सुमैयाको प्रेममा परे । प्रतियोगिता खेलेर पाकिस्तान फर्किएपछि पनि उनले सुमैयालाई बिर्सन सकेनन् र फेरि दक्षिण अफ्रिका पुगेर उनी समक्ष प्रेम प्रस्ताव राखे ।

समैयाले त्यसलाई स्वीकार त गरिन्, तर सर्त राखिन्, यसका लागि ताहिरले दक्षिण अफ्रिकामै बस्ने पर्नेछ । ताहिरले आफ्नो प्रेमका लागि उक्त प्रस्ताव स्वीकारे ।  

कमेन्ट गर्नुहोस्

%d bloggers like this: