काठमाडौं उपत्यकामा आइतबार विदा

काठमाडौं, जेठ २४ । सरकारले आइतबार सार्वजनिक विदा दिने भएको छ । जेठ २६ गते मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा दिने भएको हो ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको छ । रथ जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्रा मनाउने चलन छ ।

कमेन्ट गर्नुहोस्