Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पाकिस्तानी मन्त्रीको प्रश्न: धोनी क्रिकेट खेल्न इङ्ल्याण्ड गएका कि महाभारतका लागि?

काठमाडौँ, जेठ २४। भारतीय पूर्व क्रिकेट कप्तान महेन्द्रसिंह धोनीबारे पाकिस्तानका एक मन्त्रीले गरेको टिप्पणी अहिले समाजिक संजालमा निकै चर्चित हुन पुगेको छ।

पाकिस्तानका केन्द्र सरकारका विज्ञान तथा प्रविधि मन्त्री फवाद चौधरीले धोनीको पन्जामा रहेको सैन्य प्रतीक चिन्हप्रति लक्षित गर्दै ट्वीट गरेका छन्, “धोनी इङ्ल्याण्डमा क्रिकेट खेल्न पुगेका हुन् नकि महाभारतका लागि, भारतीय मिडियाले भने कस्तो मूर्खतापूर्ण चर्चा चलाइराखेको छ। भारतीय मिडियाको एउटा हिस्सामा यस्तो किसिमको युद्ध उन्माद छ कि उनीहरूलाई सिरिया, अफगानिस्तान या रुवान्डातिर पठाइदिनु पर्ने।” उनले यसका ह्यासट्याग इडियट्स सुरु गरेका छन्।

भारतीय टीमका विकेटकिपर समेत रहेका धोनीको पन्जामा भारतीय सेनाको ‘बलिदान’ लेखिएको सैन्य ब्याज रहेको छ। यसप्रति आइसीसीले आपत्ति जनाएपछि त्यसबारे भारतीय मिडियामा तातो बहस शुरु भएको थियो।

भारतको क्रिकेट नियमनकरी संस्था बिसिसिआइले भने धोनीले उक्त ब्याज लगाएर खेल्नु आपत्तिजनक नठानिनु पर्ने आशयको व्यहोरा सहित आइसीसीलाई पत्राचार गरेको छ।

भारतीय सामाजिक संजाल प्रयोगकर्ताहरूले धोनीको समर्थनमा ह्याशट्याग धोनी कीप द ब्याज सुरु गरेका छन्। 

द रिपब्लिकले रक्षा मामिलाका सल्लाहकार सम्पादक अवकाशप्राप्त मेजर गौरव आर्यालाई उद्धृत गर्दै गरेको ट्वीटमा धोनीले प्रयोग गरेको ब्याज राजनैतिक या साम्प्रदायिक नभई भारतीय सेनामा लेफ्टिनेन्ट कर्णेल एमएस धोनीको रेजिमेन्टको पहिचान चिन्ह रहेको भन्दै धोनीको बचाउ गरेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: