अफगानी टिमलाई ठूलो झड्का, शहजाद विश्वकपबाट बाहिर

काठमाडौं, जेठ २४ । अफगानिस्तान क्रिकेट टिमका विस्फोटक ब्याट्सम्यान एवं विकेटकीपर मोहम्मद शहजाद इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटबाट बाहिरएका छन् ।

विश्वकप अघि पाकिस्तानसँगको अभ्यास खेलका क्रममा घुँडामा लागेको चोट बल्झिएपछि उनी जारी विश्वकपबाट बाहिरिएका हुन् । शहजाद घाइते भएपछि अफगानिस्तान टिमलाई ठूलो झड्का लागेको छ । उनको स्थानमा १८ वर्षीय ब्याट्सम्यान इकराम अलीलाई टिममा समावेश गरिएको छ ।

शहजादले २०१५ को विश्वकपसहित अफगानिस्तानका लागि एकदिवसीय खेलको ५५ पारीमा १८४३ रन बनाएका छन् । अफगानिस्तानले जारी विश्वकपको तेस्रो खेलमा ८ जूनमा न्यूजिल्याण्डकाे सामना गर्दैछ ।

कमेन्ट गर्नुहोस्