भाइरल गायिका समिक्षाले गाइन् कभर गीत (भिडियोसहित)

काठमाडौं । भाईरल बाल गायिका समिक्षा अधिकारीले कभर गीत गाएकी छिन् । ‘बालापनको उमेर’, ‘बाबा’, ‘ब्युटी ब्युटी’ लगायतका गीत गाएर चर्चामा आएकी समिक्षाले ‘अर्को जुनी’ बोलको गीतको कभर गाएकी हुन् ।

७० लाख भन्दा बढी पटक युट्युबमा हेरिएको यो गीतलाई समिक्षाले कभर गीतको रुपमा गाएकी हुन् । उनले गाएको गीतलाई ‘कार्टुन्ज क्रु’ ले आफ्नो युट्युब च्यानलमार्फत प्रोमोशन गरेको छ ।

यो गीतका वास्तविक गायक–गायिका भने सरोज ओली र मेलिना राई हुन् । भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज देखिएका छन् । गीतमा दीनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

https://www.youtube.com/watch?v=uFsRH_Uc5co&feature=youtu.be

कमेन्ट गर्नुहोस्