दुबईमा भयानक बस दुर्घटना, १७ जनाको मृत्यु

एजेन्सीः ओमानबाट दुबई गइरहेको बस दुर्घटना हुँदा १२ भारतीयसहित १७ जनाको मृत्यु छ। दुर्घटनाको पुष्टि भारतीय विदेश मन्त्री एस जयशंकरले गरेका छन् । दुबई पुलिसका अनुसार दुर्घटना बिहीबार साँझ स्थानीय समयअनुसार करिब ६ बजे भएको हो ।

बस दुबईका शेख मोहम्मद बिन जाएद सडकमा नियन्त्रण गुमाएर साइनबोर्डमा ठोक्किन पुगेको थियो। बस चलाउने कम्पनी म्वासालतलले मस्कट–दुबई मार्गमा सेवा बन्द गरेको छ । भारतीय दूतावासको तर्फबाट जारी गरिएको विज्ञप्तिमा ज्यान गुमाउनेका परिवार अस्पताल पुगेका जनाइएको छ । मृतकको पहिचानका लागि प्रहरी सक्रिय छ ।

कमेन्ट गर्नुहोस्