युवालाई स्वदेशमै रोजगार हुने बाटो खुला

काठमाडौं, जेठ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्ने देखिएकाले केही प्रतिक्रियावादी तत्वहरू अत्ताल्लिएको बताएका छन् । उनले केही तत्वहरू जनतालाई भड्काउने र अल्मल्याउने काम गर्दैछन् र त्यस्ता तत्वहरू सफल नहुने समेत उनले स्पष्ट पारे ।

भक्तपुरको चारवटै नगरपालिकामा शुक्रबार एकै पटक प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै उनले सरकारले स्थानीय स्तरमा नै युवालाई रोजगार दिनका लागि ल्याएको यस कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । त्यस अवसरमा प्रधानमन्त्री ओलीले सूर्य्विनायक नगरपालिका वडा नं। ५ स्थित सुवर्णचोकदेखि तीनधारा जाने सडक निर्माण कार्यको प्रारम्भ पनि गरे । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिउको छ ।

कमेन्ट गर्नुहोस्