भीरबाट खस्दा बझाङमा यार्सा संकलकको मृत्यु

काठमाडौंः बझाङमा भीरबाट खस्दा यार्सागुम्बा संकलकको मृत्यु भएको छ । जिल्लाको बुङ्गल नगपालिका–२ बुँरोसे लेकमा यार्सा टिप्ने भीरबाट खस्दा छबिस पाथीभेरा गाउँपालिका–७ बुडखोरीका करिब ४० वर्षीय कटक धामीको मृत्यु भएको हो ।

उनी बिहीबार भीरबाट खसेका भए पनि शुक्रबार मात्र शव फेला परेको छबिस पाथीभेरा–७ कै धनबहादुर धामीले जानकारी दिए । मृतक धामीका ४ छोरी र एक छोरा रहेका छन् । उनका छोरा ७ महिनाका मात्र छन् ।

यही वर्ष मात्र यार्सागुम्बा टिप्ने क्रममा भीरबाट खस्दा बुडखोरीका २ जनाको ज्यान गएको छ । गएको बैशाखमा हिउँबाट चिप्लिएर बुडखोरीकै चन्द्रा धामीको ज्यान गएको थियो । 

कमेन्ट गर्नुहोस्