राधेलाई झूटो आरोप लगाएर पक्राउ गरेको तरुण दलको आरोप

काठमाडौं, जेठ २५ । नेपाल तरुण दलले गुण्डागर्दीको झूटो आरोप लगाएर आफ्नो कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको आरोप लगाएको छ । केहीदिन अघि धादिङ जिल्ला उपाध्यक्षसमेत रहेका राधाकृष्ण (राधे) भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार पत्रकार सम्मेलन गरी तरुण दलले बिनाकसुर प्रहरीले पक्राउ गरेको भन्दै उनलाई तत्काल रिहा गर्न माग गरेको छ । किटानी जाहेरी दिएको भनिएका व्यक्तिले होइन भन्दाभन्दै राज्यले नै किर्ते कागज बनाएर भण्डारीलाई फसाउन खोजेको तरुण दलको आरोप छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले घटना भएको भनिएको स्थानमा उपस्थित नै नभएको व्यक्तिलाई राजनीतिक प्रतिशोधका कारण मात्र पक्राउ गरिएको आरोप लगाए ।

कमेन्ट गर्नुहोस्