विश्वकप २०१९ मा रोयको पहिलो शतक, इंग्ल्याण्डको उत्कृष्ट प्रदर्शन

काठमाडौं, जेठ २५ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध इंग्ल्याण्डका ओपनर जेसन रोयले शतक बनाएका छन् । उनले १२ चौका र १ छक्काको मद्दतमा शतक बनाएका हुन् ।

जारी विश्वकपमा शतक बनाउने रोयले चौथो खेलाडी हुन् । विश्वकप २०१९ मा जो रुट, जोस बटलरले पाकिस्तानविरुद्ध र रोहित शर्माले दक्षिण अफ्रिकासँगको खेलमा शतक पूरा गरेका थिए । 

बंगलादेशविरुद्ध इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गरेको छ । पहिलो विकेटका लागि इंग्ल्याण्डले १०० बढी रनको सोझेदारी गर्यो । उसले पहिला किकेटका रुपमा ओपनर जोनी बेयरिस्टोलाई गुमाएको छ । उनी १९.१ ओभरमा बंगलादेशका कप्तान मोसरुफे मुर्तुजाको बलमा क्याच आउट भए ।

मेहदी हसन मिराजले उत्कृष्ट क्याच गर्दा बेयरिस्टो ६ चौकाको मद्दतमा ५० बलमा ५१ रन बनाएर पवेलियन फर्किए । जारी विश्वकपमा बेयरिस्टोको यो पहिलो अर्धशतक हो ।   

कमेन्ट गर्नुहोस्